असार–२६, अपांग सेवा संघ खोटाङले अपांगता भएका व्यक्तीहरुको हक अधिकार प्रर्बधन, कार्यन्वयन र संरक्षण गर्न माग गरेको छ । 
प्रधानमन्त्री तथा अन्तरिम मन्त्री परिषदको कार्यलय समक्ष मंगलबार ज्ञापनपत्र पठाउँदै संघले अपांगता भएका व्यक्तीहरुको अधिकार संरक्षण तथा प्रबर्धनकालागि माग गरेको हो । 
संघका जिल्ला अध्यक्ष ईन्द्रबहादुर राईको नेतृत्वमा गएको टोलीले अपांगता भएका व्यक्तीहरुको अधिकार र बिकासकालागि बनेका संयन्त्रहरुकाबीचमा संयोजनकारीको भूमीका निर्वाह गर्न, अपांगता अधिकार सम्वन्धी महासन्धी २००६ लाई कार्यन्वयन गर्न राष्ट्रिय तथा जिल्ला स्तरका शाखा स्थापना गर्न माग गरेको छ । 
यस्तै, २०६९ साल साउन ३० गते सर्बोच्च अदालतबाट भएको फैसला पूर्णरुपमा कार्यान्वय गर्न नयाँ आर्थिक बजेटमा समाबेश गर्न लगायतका मागहरु पेश गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले संघको मागलाई प्रधानमन्त्री कार्यालय समक्ष पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।