असार–२६, खोटाङका खेलकुदप्रेमीहरुले जिल्लालाई एन्फाको सदस्यता दिनकालागि राष्ट्रिय खेलकुद परिषद समक्ष आग्रह गरेका छन् । 
खेलकुदको बिकासकालागि अग्रशर रहेका जिल्लाका अगुवाको एक टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद समक्ष डेलीगेसनमार्फत खोटाङलाई एन्फाको सदस्यता दिनकालागि आग्रह गरेका हुन् । 
बुईपामा निर्माणाधिन फुटबल ग्राउण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रभुराम राईको नेतृत्वमा गएको टोलीले परिषदका सदस्य सचिव युवराज लामालाई भेट गरी जिल्लालाई एन्फाको सदस्यता दिलाउन, जिल्लामा खेलकुदको बिकास गर्न र बुईपामा निर्माणाधिन फुटबल ग्राउण्डकालागि सहयोगकालागि आग्रह गरेका छन् । 
डेलीगेसन टोलीलाई परिषदका सदस्य सचिव लामाले सहयोग गर्ने आश्वसन दिनु भएको बुईपा इलाभेन स्पोर्टस क्लवका अध्यक्ष दिनेश राईले जानकारी दिनु भयो । खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई, संयुक्त ब्रिटिस गोर्खा भूपु सैनिक संघका अध्यक्ष प्रेम राई लगायतका टोली डेलीगेसन जानु भएको थियो ।