असार–२६, खोटाङको खिदिमास्थित सिद्धेश्वरी माबिका नौ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । 
बिपन्न तथा पिछडिएका बर्गका नौ विद्यार्थीलाई छनौट गरी प्रतिव्यक्ती नौ सयका दरले छात्रबृत्ति प्रदान गरिएको हो । सामुदायीक बन उपभोक्ता महासंघ नेपाल र इकाडर्स नेपालमार्फत सञ्चालित बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत विद्यालयका बिपन्न विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको बन सहजकर्ता भीमाकुमारी भुजेलले जानकारी दिनु भयो । 
उनीहरुलाई प्रतिव्याक्ती तीन सयका दरले तीन महिनाको रकम प्रदान गरिएको सामुदायीक बन उपभोक्ता महासंघले जनाएको छ । उनीहरुलाई प्रत्येक तीन महिनामा छात्रबृत्ति रकम प्रदान गरिने महासंघले जनाएको छ ।