साउन–४, अबैध गर्भाधानबाट जन्मिएको बच्चा फालेको आरोपमा खोटाङमा एक जोडी पक्राउ परेका छन् । 
अबैध गर्भाधानबाट जन्मिएको बच्चा जंगलमा फालेको आरोपमा खोटाङबजार–३ धनमुडाकी ४६ वर्षीया गंगा मगर र ३२ वर्षीय दिरेन्द्र बस्नेत पक्राउ परेका हुन् । 
जन्मने बित्तीकै बच्चा फालेको अभियोगमा मगर र बस्नेतलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । नवजात शिशुलाई जन्माएर स्थानीय खैरेनी जङगलमा फालेको अवस्थामा गाउँलेहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 
गंगाको श्रीमान भने रोजगारीका सिसिलामा बिदेशमा छन् । मृत अवस्थामा फेला परेको नवजात शिशु हप्ता दिनअघि जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ । आरोपितहरुलाई खोटाङबजार इलाका प्रहरी कार्यालयले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरी निरिक्षक दुर्गा रेग्मीले बताउनु भयो ।