साउन–६, पटक पटक घरमा ट्याक्टर ठोक्किएपछि खोटाङ सदरमुकाम दिक्तेलमा ट्याक्टर आवत जावतमा रोक लगाइएको छ । 
साँघुरो सडक आसपासमा रहेका घरहरुमा बारम्बार ट्याक्टरले ठक्कर दिएर क्षती पु¥याएपछि सदरमुकाम दिक्तेलको बैंक चोक क्षेत्रमा ट्याक्टर आवत जावतमा रोक लगाइएको हो । 
दिक्तेल–१ बैंकचोकको उकालोमा ट्याक्टरले आसपासका घरमा पटक पटक क्षती पु¥याएपछि ट्याक्टर संचालन बन्द गरिएको ट्याक्टर व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो । सडक मर्मत नगरेसम्म सो क्षेत्रमा ट्याक्टर संचालन नगर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । 
शनिबारमात्र को १ त ६९६३ नम्बरको ट्याक्टरले स्थानीय जीवन जोसीको घरमा ठक्कर दिएको छ । घरमा ठक्कर दिएपछि ट्याक्टर चालक यदुकुमार नेपालीलाई दुई घण्टा नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ ।