साउन–९, नेपाली कांग्रेस खोटाङले पार्टीको प्रशिक्षक प्रशिक्षण तालिमकालागि दुई जना प्रतिनिधिहरु छनौट गरेको छ । 
केन्द्रीय समितिको आयोजनामा राजधानी काठ्माडौंमा आगामी साउन १२ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीताकालागि कांग्रेसले क्षेत्र नम्बर १ बाट पवनकुमार थापा र क्षेत्र नम्बर २ बाट खेमबहादुर खड्कालाई छनौट गरेको हो । 
तालिममा सहभागी बनेर फर्किनु भएपछि थापा र खड्काले जिल्लामा स्थानीय स्तरका पार्टी प्रशिक्षकहरु उत्पादन गर्नुहुने कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताउनु भयो ।