साउन–१०, न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपिएम)मा खोटाङका सात गाविस अनुत्तिर्ण भएका छन् । स्थानीय निकायको न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा सदरमुकाम दिक्तेलसहित ऐसेलुखर्क, बासपानी, डाँडागाउँ, महादेवस्थान, नुनथला र टेम्मा अनुत्तिर्ण भएका हुन् । 
योजना तथा कार्यक्रम मूल्यांकन नगरेको, बजेट व्यवस्थापन नभएको, बित्तीय व्यवस्थान नभएको, श्रोत परिचालन प्रभावकारी नभएकोलगायतका यस वर्ष सात गाविस अनुत्तिर्ण भएको जिल्ला विकास समितिका सूचना अधिकृत रविकिरण आचार्यले बताउनुभयो । आचार्यका अनुसार कारण गत वर्ष तीन वटा गाविस अनुत्तिर्ण भएको थियो ।
यसैबीच, न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (एमसिपिएम)मा खोटाङले पाँचौं स्थान प्राप्त गरेको छ । न्यूनतम शर्तको अवस्था र कार्य सम्पादनको क्षेत्रगत नतिजाका आधारमा ७९ अंक ल्याएर खोटाङले यस वर्ष पाँचौं स्थान प्राप्त गरेको हो । गत वर्षभन्दा एक स्थानमाथि उक्लिदै खोटाङले यस वर्ष पाँचौं स्थान प्राप्त गरेको निमित्त स्थानीय बिकास अधिकारी हरि गुरागाईले बताउनु भयो । 
जिल्लाले योजना तथा कार्यक्रम मूल्यांकनमा १३ अंक, बजेट व्यवस्थापनमा ११, बित्तीय व्यवस्थानमा ११, बित्तीय श्रोत परिचालनमा ८, बजेट निकासामा ७ अंक प्राप्त गरेको छ । 
यस्तै, सञ्चार र पारदर्शीतामा १२, अनुगमन तथा मूल्यांंकनमा ६ र संगठनमा ११ अंक प्राप्त गरेको छ । बिगत तीन वर्षको तुलनामा जिल्लाले न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा सन्तोषजनक प्रगती गर्दै आएको छ । गत वर्ष छैठौं स्थान प्राप्त गरेको खोटाङले त्यसको अघिल्लो वर्ष अघि ९ औं स्थान प्राप्त गरेको थियो । 
स्थानीय निकाय बित्तीय आयोगको सचिवालयका अनुशार खोटाङले नियमित बजेटबाहेक थप २५ प्रतिशत बढी पुँजीगत अनुदान प्राप्त गर्नेछ ।