साउन १० । खोटाङ सेवा समाज काठमाडौंले आन्द्राका दुई बिरामीलाई ४५ हजार आर्थिक सहयोग गरेको छ ।

समाजले हाल राजधानी काठ्माडौंका बिभिन्न अस्पतालमा उपचार गराइरहेका खोटाङ सप्तेश्वर–३ का आन्द्रा रोगी फत्तबहादुर
राईलाई २५ हजार र बुईपा–७ का तुलसी राईलाई २० हजार आर्थिक सहयोग गरेको हो ।

आर्थिक अभावकाबीच पनि दुई–दुई पटक आन्द्राको शल्यक्रिया गराइसकेका राईद्धयलाई खर्च स्वरुप बिहिबार रकम प्रदान गरिएको खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राईले बताए ।

थप शल्यक्रीया र उपचार गर्नकालागि सहयोग स्वरुप रकम प्रदान गरिएको अध्यक्ष राईको भनाई छ ।

बिरामीको आफन्तको आग्रहमा आर्थिक संकलन गरी बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ ।