साउन–११, चार दिनअघि बेपत्ता बनेका खोटाङका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । गत आठ गते घरबाट हिडेका दिक्तेल–१ का ६८ वर्षीय दानबहादुर सैंजू मृत अवस्थामा फेला परेका हुन् । 
मानसिक सन्तुलन गुमाएका सैंजूको शव लफ्याङको ज्वालेआँप भन्ने ठाँउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । यसअघि पनि पटक–पटक घर छाडेर हिँड्ने सैंजूले खोलामा हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतक सैंजूको शव प्रहरी र आफन्तको रोहबरमा सर्जमिन मुचुल्कागरी अत्यष्टी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।