साउन–१३, खोलामा आएको बाढीमा डुबेर खोटाङमा एक महिलाको ज्यान गएको छ । 
ताप खोलामा आएको बाढीमा डुबेर बासपानी–९ का अमर दर्जीका ४० वर्षीया श्रीमती उमामायाँ दर्जीको ज्यान गएको हो । खोलामा बगेर बेपत्ता बनेपछि खोजी गर्नेक्रममा दर्जीको शव बाँसपानी–९ मा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक दुर्गा रेग्मीले बताउनु भयो । 
खोला तर्नेक्रममा गत बुधबारदेखि खोलामा बेपत्ता बनेका दर्जीको शव पानीमा सडीसकेको अवस्थामा भेटिएका कारण पोष्टमार्टम नगरी सर्वपक्षीय रोहबरमा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । 
यस्तै, पाँच दिनअघि मेवा खोलाले बगाउँदा सदरमुकाम दिक्तेल–१ का दानबहादुर शैंजूको पनि ज्यान गएको थियो ।