साउन–१३, निमोनियाका कारण खोटाङमा एक नवजात शिशुको ज्यान गएको छ ।

सदरमुकाम दिक्तेल–४ का बाबुराम अचार्यको ११ दिनअघि जन्मिएका शिशुको ज्यान गएको हो ।

निमोनियाका कारण सिकिस्त बिरामी बनेका नवजात शिशुलाई उनका परिवारले उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरेका थिए । उनीहरुले हेलिकप्टर झिकाएका पनि थिए ।

तर हेलिकप्टर आउनु अघि नै नवजात शिशुको ज्यान गएपछि नवजात शिशु लैजानकालागि चार्टर गरिएको हेलिकोप्टर यात्रु लिएर राजधानी फर्किएको छ ।