साउन २० । नेपाल टेलिकमको शाखा कार्यलय खोटाङले ल्याण्डलाईन तथा मोवाईल फोनको सेवा विस्तार गर्ने तयारी गरेको छ ।

जिल्लामा टेलिफोन सेवाको पहुँचलाई थप बिस्तार गर्नकालागि टेलीकमले चिसापानी, खोटाङबजार, हलेसी, बुईपा, जालपा र ऐसेलुखर्कमा ल्याण्डलाईन फोन बिस्तारको तयारी गरेको हो ।

चिसापानी, खोटाङबजार र हलेसीमा ल्याण्डलाईन फोन बिस्तारकालागि स्वीकृति प्राप्त भइसकेको तथा बुईपा, जालपा र ऐसेलुखर्ककालागि केही समयपछि स्विकृति प्राप्त हुने टेलिकम शाखाका प्रमुख भरोसी शाहले बताउनु भयो ।

यस्तै, टेलिकमले जिल्लाका थप ६ स्थानमा स्काई तथा नमस्ते मोवाईल फोनको टावर निर्माण गर्ने तयारी गरेको छ । छितापोखरी र महुरेमा टावर निर्माण गर्ने टुंगो लागीसकेको र अन्य चार स्थानमा सम्भाव्यता अध्ययन भइरहेको टेलीकमले जनाएको छ ।

टेलीकमले सदरमुकाम दिक्तेलमा रहेको टेलिकमको कार्यालयदेखि सल्लेरी टोलसम्म बिस्तार गरिएका ल्याण्डलाईन फोनको तारलाई अन्डर ग्राउण्ड गर्ने बताएको छ । हाल जिल्लामा ६१२ थान ल्याण्डलाईन तथा करिव १ लाख ५० हजार मोवाईल सञ्चालनमा छन् ।