साउन–२१, संबिधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले खोटाङले ‘सारा’ नामक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
संबिधानसभाको दोश्रो निर्वाचनमा आफ्नो जीत सुनिश्चितताका लागि भन्दै एमालेले जिल्लाको प्रमुख खोलाहरु सावा र रावा खोलाको नामबाट ‘सारा’ नामक चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
तीन दिनसम्म चलेको जिल्ला कमिटिको बैठकमा ‘पार्टी हितका लागि जिल्ला अधिबेशन, निर्वाचन जीतकालागि सारा अभियान’ सञ्चालन गर्ने निर्णय गरिएको एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराईले जानकारी दिनुभयो ।
‘सारा’ नाम दिइएको अभियान अन्तरगत जिल्लाका ७६ वटै गाबिसका गाउँ–गाउँमा पुग्ने र युवा, किसान, महिला तथा विद्यार्थी संगठनको भेला गर्दै उनीहरुलाई निर्वाचनकालागि क्रियासिल बनाइने अध्यक्ष भट्टराईको भनाई छ ।
बैठकले आगामी भदौ अन्तिम साता वा असोज पहिलो हप्ता जिल्ला अधिबेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।