खोटाङ जेठ–२०, गाउँमा उत्पादन हुने कृषि उपज तराईसम्म पु¥याई आर्थिक उपार्जन गर्ने उदेश्यले खोटाङको खोटेहाङ गाउँपालिकाले कृषि सडक निर्माणको काम थालेको छ । गाउँपालिकाको २० लाख लगानीमा खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरी–पामाखाम भञ्ज्याङ–पिलाम हुँदै बेगुवा जोड्ने १७ किलोमिटर लामो कृषि सडक निर्माणको काम शनिवारबाट थालेको हो । 
  गाउँमा उत्पादन हुने तरकारी, फलफुल लगाएत तराईका विभिन्न नाकासम्म सहज तरिकाले पु¥याएर विक्रिवितरण गरी आर्थिक उपार्जन गर्ने लक्ष्यका साथ कृषि सडक निर्माणको काम थालिएको गाउँपालिका प्रमुख प्रदिप राईले बताउनुभयो । 
गाउँपालिकाले कृषि सडक निर्माणको काम थालेसँगै स्थानीयवासी हर्षित भएका छन् । सडक खोटेहाङ गाउँपालिका हुँदै जन्तेढुङ्गा गाउँपालिका–बराहापोखरी गाउँपालिका हुँदै उदयपुरको सदरमुकाम गाइघाट जोडिने बताईएको छ ।