साउन–२७, दुधकोसी हाईड्रोपावर कम्पनीको दिक्तेलस्थित सम्पर्क कार्यालयमा कार्यरत एक कर्मचारीमाथि जिल्लाका डन समूहले हातपात गरेका छन् । 
शुक्रबार राती नौं बजेतिर कार्यालयमा प्रवेशगरि कर्मचारी रुपक तामाङमाथि बिना कारण रतन्छाका सन्देश राईलगायतका डन समूहले हातपात गरेका हुन् । 
यसबारेमा कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभएको छ । उजुरी परेसँगै हातपात गर्नमा संलग्नलाई प्रहरीले बोलाएपछि सम्पर्कमा गएका समूहलाई काग्रेस नेता रोजन राईले पुनः हाजिर गराउनेगरि फर्काएर लगेको कम्पनीका निर्देशक प्रेम लामाले बताउनुभयो ।
यसअघि पनि राईले पटक–पटक धम्की दिने गरेकाले कडा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिइएको निर्देशक लामाको भनाइ छ । 
हातपात गर्नमा संलग्न राई काग्रेसका जिल्ला सदस्य हुन् । काग्रेसको कार्यकर्ता भएकै कारण दोषीलाई कारबाहीको सट्टा नेतृत्व तहका नेताले नै प्रहरीबाट छुटाएको निर्देशक लामाले बताउनुभयो ।  
पछिल्लो समय जिल्लामा गुण्डागर्दी, द्धन्द्धहिनतालगायतका घटना वृद्धि हुँदै गएको छ ।