साउन–२७, नेकपा–माओवादी खोटाङले मंशिर–४ गतेका लागि तोकिएको संविधानसभाको दोश्रो निर्वाचन औपचारिकरुपमै बहिस्कार गर्ने निर्णय गरेको छ ।
चारदलीय संयन्त्रले आफ्नो अनुकुलतामा निर्वाचनको मिति तोकेको भन्दै आगामी साउन–३२ गतेबाट सशक्तरुपमा बहिस्कार निर्णय गरेको हो ।
जिल्लाको दुवै निर्वाचन क्षेत्रमा सञ्चालन गरिने अभियान बाँझेच्यानडाँडाबाट शुरु गरिने जिल्ला ईन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’ले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानसँगै गाउँगाउँमा पार्टी कमिटि निर्माण, जबस मोर्चा गठन तथा पार्टी सुदृढ गर्दै जाने पनि निर्णय भएको छ । 
यसैवीच, जिल्ला सचिवालय थपगरि २५ सदस्यीय बनाइएको छ भने, जिल्ला कमिटि ८७ जना र पार्टी सल्लाहकार सदस्य टीकाबहादुर राईलाई थपगरि १३ सदस्यीय बनाइएको माओवादीले जनाएको छ । जिल्ला कमिटिको गत साउन–२४ र २५ गते बसेको बैठकको निर्णय विज्ञप्तीमार्फत सार्वजनिक गर्दै यस्तो जनाएको हो ।