भदौ–३, जिल्ला मालपोत कार्यालय खोटाङले कम्प्यूटर प्रणालीबाट जग्गाको धनीपुर्जा बितरण शुरु गरेको छ । मालपोत कार्यालयले आइतबारदेखि जिल्लाका जग्गाधनीलाई कम्प्यूटर प्रणालीबाट धनीपूर्जा दिन थालेको हो । 
हालसम्म जग्गा धनीलाई लालपुर्जा दिँदै आएको कार्यालयबाट कम्प्यूटरबाट प्रिन्ट गरिएको धनीपूर्जा दिन थालिएको जिल्ला मालपोत कार्यालय खोटाङका प्रमुख बिनोद गेलालले जानकारी दिनुभयो । जग्गा र जग्गाधनी सम्वन्धी तथ्यांकलाई चुस्तदुरुस्त राख्नकालागि जिल्लामै पहिलोपल्ट कम्प्यूटर प्रणालीबाट धनीपूर्जा दिन थालिएको कार्यालयले जनाएको छ । 
पूराना लालपुर्जा भएका जग्गाधनीलाई पनि अव उनीहरुको जग्गाको विवरणलाई कम्प्यूटरमा समाबेश गरी छपाएर नयाँ शैलीको धनीपूर्जा दिइने मालपोत कार्यालयका प्रमुख गेलालले बताउनुभयो । हस्त लिखित भन्दा कम्प्यूटर प्रणालीबाट वितरण गरिने धनीपूर्जा प्रभावकारी हुने भएकाले पनि कम्प्यूटर प्रणाली लागू गरिएको कार्यालयले जनाएको छ ।