भदौ–७,खोटाङमा टेलीफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिक्तेलको आर्थिक कारोबार ठप्प भएको छ ।
जिल्लामा एकैसाथ टेलीफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि बाणिज्य बैंक शाखा कार्यालयबाट इन्टरनेटको माध्यायमबाट प्रबाह हुँदै आएको आर्थिक कारोबार ठप्प भएको हो ।
दैनिक करोडौंको कारोबार हुने बैंकमा ईन्टरनेट सेवा अवरुद्ध भएपछि लाखौंको घाटा भएको बाणिज्य बैंक शाखा कार्यालय खोटाङका प्रबन्धक लीलाकुमार जोशीले बताउनु भयो ।
नेपाल टेलीकमको एडीएसएल इन्टरनेट सेवाका माध्यमबाट कारोबार गर्दै आएका जिल्लाका अन्य निजी बैंक तथा सहकारी, आइएमई लगायतका बित्तीय संस्थाहरुको बैंकिङ सेवा समेत प्रभाबित बनेको छ ।