भदौ–८, खोटाङमा पहिलोपल्ट स्नुकर प्रतियोगीता शुरु भएको छ । खोटाङ स्पोर्टस क्लवको आयोजनामा शनिबारदेखि चार दिने स्नूकार प्रतियोगीता शुरु भएको हो ।
सदरमुकाम दिक्तेलस्थित खोटाङ बिलियर्ड हलमा शुरु गरिएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद १५ हजार तथा दोश्रो स्थान प्राप्त गर्ने बिजेताले दश हजारकासाथमा फ्रेमसहितको प्रमाणपत्र प्राप्त गर्ने आयोजक खोटाङ स्पोर्टस क्लवका सल्लाहकार पेम्बा तामाङले जानकारी दिनुभयो । 
सम्भावना बोकेका स्नूकर खेलाडीहरुको मनोबल अभिबृद्धि गर्दै जिल्लामा स्नूकर खेलको व्यवसायीक बिकासकालागि प्रतियोगीताको आयोजना गरिएको सल्लाहकार तामाङले बताउनुभयो । प्रतियोगीताका प्रथम खेलाडीलाई स्थानीय व्यवसायी उमेश कार्कीले एक जोर जुत्ता उपहार स्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । 
आगामी भदौ–११ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा जिल्लाका १९ खेलाडीहरु प्रतिष्पर्धामा उत्रिएका छन् । आयोजक स्पोर्टस क्लवका पदाधिकारी, खेलाडी तथा पत्रकारहरुले प्रतियोगीता सामुहिकरुपमा उद्घाटन गरेका थिए । जिल्लामा केही समयअघि मात्र स्नूकर खेल भित्रिएको हो ।