भदौ–१०, जिल्लाको दर रेट निर्धाणकाक्रममा आफुहरुलाई सहभागी नगराइएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङले आपत्ती जनाएको छ । 
नेपाल ट्रेड युनियन महासंघ अन्तरगतको यातायात स्वतन्त्र मजदुर संगठनको हलेसीमा सोमबार बसेको प्रथम जिल्ला भेलाले दर रेट निर्धारणकाक्रममा आफुहरुलाई सहभागी नगराइएको भन्दै आपत्ती जनाएको हो । 
वार्षिकरुपमा गरिने जिल्लाको दर रेट निर्धारणकाक्रममा आफुहरुलाई सहभागीता नगराइएको भन्दै भेलाले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको नेपाल ट्रेड युनियन महासंघ खोटाङका सचिव मकर राईले जानकारी दिनु भयो । जिल्ला दर रेट निर्धारण समितिले आइतबार जिल्लाको दर रेट निर्धारण गरेको थियो । 
भेलाले जिल्लामा कार्यरत यातायात मजदुरहरुलाई नियक्तीपत्र, बीमा तथा सामाजिक सुरक्षाको व्यवस्थालाई कार्यन्वयन गर्ने निर्णय गरेको छ ।