भदौ–१६, नेपाल राष्ट्रिय प्रगतिशिल वुद्धिजिवी संगठन खोटाङको एकतापछिको दोश्रो जिल्ला अधिबेशन आगामी कात्तिकमा हुने भएको छ ।
सदरमुकाम दिक्तेलस्थित एकीकृत नेकपा माओवादीको कार्यालयमा शनिबार बसेको वुद्धिजिवी संगठनको बैठकले कात्तिक–८ र ९ गते अधिबेशन गर्ने निर्णय गरेको हो ।
यसका लागि गोपाल बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय अधिबेशन आयोजक समिति समेत गठन गरेको छ । एकीकृत नेकपा माओवादी खोटाङको अधिबेशन आयोजक समिति सदस्य सुरेश राई र वुद्धिजिवी संगठनका राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य जयप्रसाद आचार्यको उपस्थितिमा समिति गठन भएको हो ।
यसैवीच, आगामी भदौ–२७,२८ र २९ गते काठमाडौंमा हुने पाचौँ राष्ट्रिय महाधिबेशनका लागि तीनजना प्रतिनिधि समेत छनौट गरेको छ ।
जीतबहादुरको अध्यक्षतामा बसेको बैठकले ध्रुबकला राई ‘निर्मला’, हिरामणि घिमिरे र रुपनारायण दाहाललाई छनौट गरिएको आयोजक समिति सदस्य गंगा राईले जानकारी दिनुभयो ।