भदौ–२६, खोटाङमा पहिलोपल्ट नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट तथा उसको तीन वटा घटक संगठनहरुको कार्यालय उद्घाटन गरिएको छ । 
हालसम्म पदाधिकारीहरुको कोठाबाट सञ्चालन हुँदै आएको जिफन्ट तथा नेपाल विजुली–पेन्टर–प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल महिला स्वास्थ्य स्वयंसेबी संघको कार्यालय उद्घाटन गरिएको हो । 
चार वटै मजदुर संगठनको कार्यालय दिक्तेलको बसपार्क नजिक रहेको दानबहादुर मार्गमा स्थापना गरिएको छ । अनेरास्वबियुका केन्द्रीय सदस्य दिपक ठटाल र नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका जिल्ला अध्यक्ष युवराज पोखरेलले संयुक्तरुपमा कार्यालय उद्घाटन गर्नुभएको हो । 
नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका जिल्ला अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिकारुपमा अनेरास्वबियुका केन्द्रीय सदस्य दिपक ठटाल, बिशेष अतिथिकारुपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दमन राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष गुरुप्रसाद ढकाल, ट्याक्टर व्यवसायी संघका जिल्ला उपाध्यक्ष राम हिङमाङ, क्यूपेकका उपाध्यक्ष जीवन राई, जिफन्टका सदस्य कृष्ण मगर, तारा बिश्वकर्मा लगायतले सम्बोधन गर्नु भएको थियो । 
नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका अनुशार जिल्लाका १२३ मजदुर क्यूपेकमा, ३२३ महिला स्वयंसेबिका महिला स्वास्थ्य स्वयंसेबी संघ र १४२ जना मजदुर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध छन् ।