भदौ–२७ खोटाङ जिल्लामा लोड सेडिङ मुक्त अभियानमा लागेको दुधकोशी हाईड्रो पावर कम्पनिले सोलार उत्पादनको कार्य समेत अगाडी बढाउने भएको छ । 
कोरियाको प्रतिष्ठीत कम्पनी इयान टेक कम्पनी लिमिटेडको लगानीमा नेपालमा कुल ४२ मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्न लागेको हाइड्रो पावर कम्पनीका अध्यक्ष प्रेमलामाले जानकारी दिनु भएको छ । 
आईतबार कोरियन कम्पनिका अध्यक्ष खाङ थे संघ र नेपाल तर्फबाट दुध कोशी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक रामबहादुर लामा विच समझौता भएको अध्यक्ष लामाले जानकारी दिनु भएको हो । 
सोलार उत्पादन गर्न सम्झौता भईसके पछि सम्भ्यावता अध्ययनका लागि नेपालको तीनवटा जिल्ला मध्ये खोटाङको बुईपा, खार्पा, र लामिडाँडालाई छनौट गरिएको हो । 
लोड सेडिङको मार खेपिरहेको अवस्थामा नेपालमा थर्मल प्लान्ट बाट विजुली निकाल्ने बहस भईरहेको बेला यो भन्दा सजिलो तथा सस्तोमा सोलार पावरबाट बिजुली निकाल्न कोरियन कम्पनीले नेपालमा लगानी गर्न लागेको हो ,। 
विस्वका पाकिस्थान, बंगलादेश जस्ता ३०वटा देशहरुमा लगानी गरिसकेको कोरियन कम्पनिले लगानी गर्न लागेको नेपाल ३१ औ देशमा परेको छ । 
खोटाङ जिल्लाको रावाखोलामा साँडे ६ मेगावाट क्षमताको विद्युत उत्पादनको कार्य अगाडी बढाईरहेको दुधकोशी पावर कम्पनिले १० देखी ४२ मेगावाट क्षमताको सोलार उत्पादन गर्न करिब १ वर्षको समय लाग्ने छ । सोलार विद्युतको असिम सम्भावना भएको नेपालमा सबै भन्दा भरपर्दो र वातावरिणय हिसावले अति उपयुक्त रहेको विद्युत उत्पादन गर्न आफुहरु इच्छुक रहेकाले यो सम्झौता गरिएको कोरियन कम्पनिका खाङले जानकारी दिनु भएको छ ।
सरकारले अनुमती दिने हो भने नेपालमा सयौ मेगावाटको सोलार विद्युत उत्पादन गर्न सकिने पनि खाङको भनाई थियो । 
पहिलो चरणमा सम्भाव्यता अध्ययन सँगै र पिपिए सम्झौताका लागि नेपाल विद्युत प्राधिकरण सँग प्रक्रिया अगाडी बढाईने अध्यक्ष लामाले जानकारी दिनु भयो । 
सम्झौता भएको आयोजना करिब १५ अर्बको लगानीमा निर्माण सम्पन्न हुने छ । सम्झौता पछि अवलोकनका भ्रमणका लागि दुधकोशी हाइड्रो पावरका प्राविधिक टोली कोरिया तर्फ गईसकेका छन ।