असोज–३, संविधानसभाको दोश्रो निर्वाचनका लागि खोटाङमा १ सय ३२ वटा मतदान स्थलहरु तोकिएका छन् । मंसिर–४ गतेको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाका १ सय ३२ वटा मतदान स्थलहरु तोकेको जनाएको छ ।
१ सय ३२ मतदान स्थलका १ सय ७४ वटा केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी श्रीकुमार राईले जानकारी दिनुभयो ।
यस्तै, संविधानसभाको निर्वाचन सम्पन्न गराउनका लागि खोटाङ क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
जिल्ला न्यायधिस इश्वरी गौतम मूख्य निर्वाचन अधिकृत तथा सर्वोच्च अदालतका इजलास अधिकृत इश्वर पराजुली निर्वाचन अधिकृतकारुपमा रहनुभएको छ । सिँचाई कार्यालयमा स्थापना गरिएको दुबै कार्यालयमा २२ जना कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।