१४८ औ  मोति जयन्तिको अवसरमा मुग्लानी सौगात कतारले आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा प्रथम हुनु भएका खोटांगका लेख कार्की ‘अन्योल’  र खोटांगकै  बिक्रम चेतनशिल राइले द्वितीय  स्थान हासिल गर्नु भएकोमा खोटांग सेवा समाज कतारले  द्वय गजलकार लाइ  शुक्रबार दोहामा सम्मानित गरेको छ ।
 
बिक्रम चेतनशील राइ २०० औ भानु जयन्तिको अवसरमा अनेसास र नवोदित मोबाइल पुस्तकालय कतारको को आयोजनामा खुल्ला प्रतियोगिता २०७० मा समेत द्वितीय  स्थान हासिल गर्नु भएको थियो  ।
 
 समाजको साहित्यक बिभाग अन्तर्गत प्रेम प्रसाद भटराई को संयोजकतामा खोटांगको साहित्यक फाट लाइ कतारमा अग्रस्थानमा राख्दै साहित्य सिर्जना र प्रतिभाको कदर गर्दै, हौशला स्वरूप सम्मान पत्र तथा खादा ओढाई सानो मायाको चिनो उपहार सहित सम्मान गरिएको छ समाजको चौधौ नियमित बैठक संगै संस्थाका कार्यबाहक अध्यक्ष मणि प्र आचार्यको सभापतित्वमा संचालित कार्यक्रममा  संस्थाका भूतपूर्व अध्यक्ष तथा वर्तमान संस्था संरक्षक राम गुरुङको प्रमुख आतिथि रहनु भएको थियो ।
 
 त्यस्तै समाजका सल्लाहकार तथा रेगीस्तानी कवि तिर्थसंगम राइको समेत आतिथ्य  रहेको  कार्यक्रममा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । लामो समय देखि कतारमा साहित्य सृजनामा कलम चलाउदै आउनु भएका सम्मानित राइ र कार्की ले समाजले गरेको अमुल्य योगदान लाइ भुल्न नसक्दै अझै साहित्यक क्षेत्रमा थप जिम्मेवार बढेको कुरा ऊलेल्ख गर्नु भएको  थियो ।
 
उक्त कार्यक्रममा गजलकार लेख कार्की अन्योल ले आफ्नो पहिलो गजल संग्रह ”मन्दिर” प्रकाशनको   तयारी रहेको र यसको सहप्रकाशक को जिम्मेवारी समाज लाइ दिएको घोषणा गरेको जानकारी   खोटांग समाज सेवा समाज कतारका महासचिव नारायण बस्नेत ले जानकारी दिनु भएको छ ।