असोज-१५, खोटाङमा भारी मात्रामा म्याद नाघेका अखाद्य बस्तु बरामद भएको छ ।

 दशैं तथा तिहारको समयमा हुनसक्ने कालोबजारी नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको अनुगमनकाक्रममा सदरमुकाम दिक्तेलका खुद्रा तथा होलसेल पशलबाट भारी मात्रामा मिती गुज्रेका उपभोग्य बस्तु बरामद भएको हो ।

 अनुगमनकाक्रममा रत्नपार्कस्थित न्यू काभ्रे स्टोरबाट ६ दर्जन गोल्डेन क्रेकर बिस्कुट, २ दर्जन चोकोफन, २ दर्जन टपगेयर चकलेट, २ दर्जन कुल फि, ९ प्याकेट चाउचाउ र ८ प्याकेट शक चकलेट बरामद गरिएको छ । यस्तै, रेश्मा एण्ड रामलक्ष्मण स्टोर्सबाट म्याद नाघेका २ प्याकेट चकलेट बरामद भएको अनुगमन समितिका संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले बताए ।

बरामद गरी प्रहरीको नियन्त्रणमा राखिएको म्याद गुज्रेका अखाद्यबस्तुलाई केही दिनमा नष्ट गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।