असोज-१८, खोटाङका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका दुई कार्यकर्ताहरुले बागी उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सचिव श्यामकुमार राई र क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापति बिष्णुराज राईले बागी उम्मेदवार दिनु भएको हो । उम्मेदवारको टिकट बितरणमा असन्तुष्ट जनाउँदै बागी उम्मेदवार दिइएको बादी उम्मेदवार बिष्णुराज राईले बताउनु भयो ।
कांग्रेस केन्द्रीय समितिले क्षेत्र नम्बर १ मा महासमिति सदस्य नरेशकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा जिल्ला सभापति बिष्णुकुमार राईलाई टिकट दिएका छन् ।
यसैबीच, जिल्लाका एकीकृत नेकपा माओबादी, एमाले, राप्रपा नेपाल, राप्रपा, संघीय समाजबादी, नेपाल कम्यूनिष्ट पार्टी, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा, खस समाबेसी राष्ट्रिय पार्टी, शान्ति पार्टी नेपाल र संयुक्त जनोमार्चा पार्टीले बिहिबार उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here