
असोज-१८, राजनीतिक विश्लेषक तथा अर्थविद्का रुपमा परिचित खोटाङका हरि रोकाको यस पटकको निर्वाचनमा नाम हटेको छ ।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनले खोटाङ क्षेत्र नम्बर १, २ बाटै उम्मेदवारी दिएका थिए । तर, पछि भने फिर्ता लिन पुगेका थिए ।

उम्मेदवार नबनाइएको बारे आफैंले चासो नदिएकोले सिफारिसमा नपरेको बताउँछन् । ‘केन्द्रीय कमिटीमा पनि मलाई नराख्नुस् म बाहिरबाटै सहयोग गर्छु भनेको थिए, उहाँहरुले नै राख्नुभएको ‘उनको भनाई छ, ‘उम्मेदवारी सिफारिसमा पनि मैले चासो नै देखाइन् जबरजस्ती त राख्ने कुरो पनि नि भएन ‘
उनलाई एमाओवादीले समानुपातिकमा राख्ने या नराख्ने भन्ने विषयमा भने केही खुलेको छैन । तर राज्य कमिटीले भने उनको नाम लिएको छैन ।