असोज–२१, दाहाल प्रतिष्ठान नेपाल खोटाङ शाखाको जिल्ला अधिबेशन आगामी पौष–१९ र २० गते हुने भएको छ । सदरमुकाम दिक्तेलमा बसेको प्रतिष्ठान शाखा खोटाङको बैठकले यस्तो निर्णय गरेको हो । 
यसका लागि आगामी मंसिर मसान्तभित्र गाउँ प्रारम्भिक समितिको अधिबेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ । अधिबेशन सम्पन्न गर्नका लागि जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ । 
मीनकुमार दाहाललाई खार्मी, दिलीप दाहालका लागि छितापोखरी, भक्तबहादुर दाहालका लागि सोल्मा, जीवनाथ दाहालका लागि ऐसेलुखर्क, लीलाबहादुर दाहालका लागि दिक्तेल, रुपनारायण दाहालका लागि बडहरे, शंकरमान दाहालका लागि निर्मलीडाँडा र बमबहादुर दाहालका लागि सुन्तले प्रारम्भिक समितिको अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।