असोज –२१, खोटाङ साहित्य कला महोत्सव–२०७० को स्मारिका प्रकाशन गरिएको छ । 
गत बैसाख दोश्रो हप्ता सदरमुकाम दिक्तेलमा आयोजना गरिएको खोटाङ साहित्य कला महोत्सवलाई समेटेर २५० पृष्ठको स्मारिका प्रकाशनमा ल्याइएको हो ।
खोटाङका अग्रज व्यक्तित्वहरु आवद्ध रावा सावा प्राज्ञिक समाजले प्रकाशन गरेको स्मारिका डिल्लीबजार काठ्माडौंमा बिमोचन गरिएको छ । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला, कबि श्रवण मुकारुङ, गीतकार भूपाल राई लगायतको बिशेष उपस्थितिमा स्मारिका बिमोचन गरिएको रावा सावा प्राज्ञिक समाजका सचिव बम बानियाँले जानकारी दिनु भयो । 
स्मारिकामा ११३ जना श्रष्टा तथा लेखकहरुको बिचार, लेख, कथा, कबिता, गीत, गजल, संस्मरण समेटिएका छन् । कार्यक्रम समाजका अध्यक्ष टंक भट्टराईको सभापतित्वमा भएको थियो । 
जिल्लाको साहित्यिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्दै राष्ट्रिय स्तरमा चिनाउने उद्धेश्यले दिक्तेलमा तीन दिने ‘खोटाङ साहित्य कला महोत्सव’को आयोजना गरिएको थियो । 
साहित्य कला महोत्सवमा बृहत कबिता प्रतियोगीता, श्रृजना सुन्ने सुनाउने, साहित्यका बिभिन्न बिद्यामा कार्यपत्र प्रस्तुत लगायतका कार्यक्रमहरु गरिएको थियो ।