खोटाङ । पासपोर्ट नवीकरण गरिएपछि साउदी अरबबाट एक नेपाली स्वदेश फर्किएका छन् । पासपोर्ट नबीकरणपछि खोटाङको बाक्सिला ७ का रबिसकुमार राई स्वदेश फर्किनु भएको हो ।

रोजगारीका सिलसिलामा साउदीको अमना कम्पनीका पुगेका राई पासपोर्ट नबीकरण हुन नसकेपछि एक वर्षदेखि अबैधरुपमा बसेर काम गर्दै आउनु भएको थियो ।

पासपोर्ट नबीकरण गर्नुअघि राजदुताबासले सक्कल नागरिकता माग गरेपछि एक वर्षसम्म पासपोर्ट नबीकरण हुन नसकेको राईकी श्रीमती रिमा राईले बताउनु भयो ।

दिक्तेलस्थित सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्रले साउदीमा रहेका राईको नागरिकता र श्रीमतीसँगको नाता प्रमाणित कागजातहरु तयार गरी इमेलमार्फत साउदीस्थित नेपाली राजदुतावास सम्म पठाउन सहयोग गरेपछि राईको पासपोर्ट नबीकरण भएको सुचना केन्द्रका संयोजक नबिन्द्र राईले जानकारी दिनु भयो ।

नागरिकता हराएको र जिल्ला प्रशासन कार्यालयमा रहेको रेकर्ड पनि २०६२ सालको माओबादी आगजनीमा नष्ट भएका कारण राईको आवश्यक कागजातहरु तयार पार्न समस्य भएको थियो ।