दोहा । खोटांग सेवा समाज कतार र किराँत राइ यायोखा शाखा कतारद्वारा सयुक्त बक्री इद तथा दशैँ को उपलक्ष्यमा सांगेतिक प्रस्तुति दिन आउनु भएका कलाकार हरु गायक तथा संगीतकार कन्काइष्ट राइ र गायिका समला रार्इसंग  भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना  गरेको छ  ।

दोहाको टपफर्म रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा खोटांग सेवा समाज कतारका कार्यबाहक अध्यक्ष  मणि प्रसाद आचार्यको सभापतित्वमा संचालित  कार्यक्रममा सेवा समाजका संस्था संरक्षक राम गुरुङ प्रमुख अतिथि र किरायाका प्रमुख सल्लाहकार चन्द्रशेर राइको बिशेष आतिथ्यमा  र नेपाली  कलाकारहरुको आथिथ्य संगै खोटांग हलेशिका सहकारी संस्था लि कोषाध्यक्ष दशरथ राइ नेपाली कला  केन्द्रका शक्ति क्षत्री  बक्री इद साझ कार्यक्रमका आयोजक बिशाल लामा लगायतको उपस्थिति संगै शुभकामना मन्तब्य दिनु भएको थियो कार्यक्रममा अतिथिकलाकर तथा स्थानीय कलाकारको भरपुर सांगेतिक मनोरंजन को साथ सेवा समाज तथा तथा किरायाका सल्लाहकार रेगीस्तानी कवि तिर्थसंगम राइले मिठो कविता पस्कनु भएको थियो  ।

खोटांग सेवा समाजले  जिल्लाबाशीलार्इ  र किरांत राइ यायोखा को आफ्नो  संस्कारनै रहेकोले सयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै कलाकार द्वय कन्काइष्ट राइ र समला राइ लाइ खादा तथा फेटा ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो गायिका समला राइ शारीरिक रुपमा अशक्त हुनु भएकोले किरात राइ यायोखा बाट रु ३२ हजार ४ सय र खोटांग सेवा समाज बाट २५ हजार नगद आर्थिक सहयोग समेत प्रदान गरिएको थियो  कार्यक्रममा उपस्थित बालकलाकार प्रेम परियार लाइ समाज बाट सानो मायाको चिनो उपहार सहित प्रदान गर्नुको साथै अतिथि कलाकार गायक अशुशेन लामा लाइ खादा  ओढाई सम्मान गरिएको थियो कार्यक्रम सहज र सरल ढंगले किराया कतारका  सचिव एकराज राइले संचालन गर्नु भएको  खोटांग सेवा समाज कतारबाट महासचिब नारायण बस्नेत ले जानकारी दिनुभएको छ ।