कात्तिक–८, खोटाङका फोटो तथा फोटोकपी व्यवसायीले एमआरपी भर्न आएका सर्वसाधारणलाई बैदेसिक रोजगारका बिषयमा परामर्श लिनकालागि सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्र समक्ष पठाउने भएका छन् ।
फोटो खिच्न, फोटोकपी गर्न र एमआरपीको फारम भर्न सदरमुकाम आएका जिल्लाका युवायुवतीलाई फोटो तथा फोटोकपी व्यवसायीले बैदेसिक रोजगारीका विषयमा परामर्श प्रदान गर्दै आएको सुचना केन्द्र समक्ष पठाउने भएका हुन् ।
बैदेसिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउनकालागि व्यवसायीले एमआरपी फारम भर्न आएका युवायुवतीलाई परामर्शकालागि सुचना केन्द्र पठाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले बैदेसिक रोजगारलाई सफल बनाउने जानकारीमूलक सूचना तथा सामाग्रीहरु पनि वितरण गर्ने छन् ।
जिल्लाका युवायुवतीले सदरमुकाम आएर सबैभन्दा पहिला फोटो तथा फोटोकपी सेन्टरमा गएर फोटो खिच्ने, एमआरपी भर्ने र फोटोकपी गर्ने गरेका छन् । आफ्नो फोटो तथा फोटोकपी सेन्टरमा एमआरपी फारम भर्न आएका सर्वसाधारणलाई बिदेश जानअघि परामर्शकालागि सुचना केन्द्रमा पठाउने खोटाङ उधोग वाणिज्य संघ अन्तरगतका फोटो तथा फोटोकपी व्यवसायी उपसमितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । ‘एमआरपी फारम भर्न आएका आप्रवासीलाई सूचना केन्द्रसम्म पठाउने छौँ,’ जोशीले भन्नुभयो, ‘हाम्रो सानो सहयोगले जिल्लाको युवायुवतीको बैदेशिक रोजगार सफल हुन्छ, भने यो सहयोगकालागि तयार छौँ ।’
सदरमुकाममा सञ्चालित सुचना केन्द्रले बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमूलक बनाउन बिगत दुई वर्ष अघिदेखि परामर्श प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने युवायुवतीहरु एमआरपी फारम भर्न सवैभन्दा पहिले फोटो तथा फोटोकपी सेन्टरमा पुग्ने भएकाले उनीहरुलाई परामर्शदाताको सम्पर्कमा पठाउनकालागि स्वयं व्यवसायीहरुको साथ लिनु परेको सुचना केन्द्रका संयोजक नबिन्द्र राईले जानकारी दिनुभयो ।
राईका अनुशार परामर्शकालागि हालसम्म आएका मध्ये महिलाको संख्या न्यून छ । ‘बिदेश जान लागेका महिलालाई बैदेसिक रोजगारीका बिषयमा परामर्श प्रदान गर्नु चुनौतीपूर्ण बनेको छ,’ राईले थप्नुभयो, ‘परामर्श लिन आउने पुरुषको तुलनामा महिलाको संख्या एकदमै कम छ ।’ सदरमुकाम दिक्तेलस्थित केन्द्रको कार्यालयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सुचनाको अभावमा बिदेशमा जाने जो कोही महिला अप्ठ्यारोमा पर्नु वा बेचिुनअघि नै ध्यान पु¥याउनु बुद्धिमानी हुने बताउनुभयो ।