कात्तिक । राष्ट्रिय मानव अधिकार आयोग उप–क्षेत्रीय कार्यालय खोटाङले आगामी संविधानसभाको दोस्रो निर्वाचनको अनुगमन कार्य शुरु गरेको छ ।

भयरहित स्वतन्त्र, धाँधलीरहित र निस्पक्ष निर्वाचन गर्नका लागि मावनअधिकारको संरक्षण तथा सम्वर्धनका गर्ने उद्देश्यले अनुगमन कार्य शुरु गरेको हो ।

आगामी मंसिर–४ गते हुने संविधानसभाको दोश्रो निर्वाचनलाई लक्षित गर्दै आयोगले स्थानीयस्तरका सर्वसाधारण, वुद्धिजिवीलगायतसँग निर्वाचन सम्बन्धी गतिविधिलगायतका विषयमा छलफल तथ अन्तरक्रिया गर्नेछ ।

अनुगमनका लागि कार्यालय प्रमुख लोकनाथ घिमीरे नेतृत्वको टोली क्षेत्र नम्बर–१ को पाथेका, बाक्सिला, राखाबाङ्देल, ऐशेलुखर्क, जालपालगायतको गाविसहरुमा खटिएका छन भने, क्षेत्र नम्बर–२ अन्तर्गत आयोगका लालबहादुर राईको नेतृत्वको टोली टेम्मा, छितापोखरी, सिम्पानी, चिसापानी, मात्तिमलगायतका गाबिसहरुमा खटिएको कार्यालय प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी, आयोगले निर्वाचन अगाडी, निर्वाचनका दिन र निर्वाचन पश्चात गरि ३ चरणमा निर्वाचनको अनुगमन गर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई केन्द्रीत गर्दै जिल्लामा क्रियासिल संघ–संस्थाहरुसँग मावनअधिकार र संविधानसभा निर्वाचन पर्यवेक्षणका बारेमा छलफल समेत सम्पन्न गरेको छ ।

भयरहित स्वतन्त्र, धाँधली रहित र निस्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि आयोगले कात्तिक–२२ गतेदेखि ओखलढुङगा, सोलुखुम्बु र भोजपुर जिल्लामा समेत निर्वाचन अनुगमनका लागि टोली खटिने आयोगले जनाएको छ ।