कात्तिक । नेकपा–माओवादीका जिल्ला सदस्य सहित तीन दर्जनबढी माओवादी कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रबेश गरेको छ ।
पार्टीको कार्यनीति तथा गतिविधि ठीक नभएको भन्दै जिल्ला कमिटि सदस्य मीनकुमार राई सहित ५० जना कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रबेश गरेको हो ।
इलाका नम्बर–१४ का संयोजक समेत रहेका राईलगायत जनवर्गीय संगठनका कार्यकर्ताहरु डिकुवामा भएको एमाओवादीको चुनावीसभाको अवसर पारेर आफ्नो पार्टीमा प्रबेश गरेको जिल्ला सदस्य सुरेश राईले जानकारी दिनुभयो । पार्टीले सहि कार्यदिशा नलिई देशलाई पुनः द्धन्द्धमा धकेलेको भन्दै आफूहरु एमाओवादीमा रहेर काम गर्ने बताएपछि पार्टीमा प्रबेश गराइएको सदस्य राईले बताउनुभयो ।
यसैवीच, सदरमुकाम दिक्तेलस्थित एमाओवादी पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी एमाले निकट युवा संघका डेढ दर्जन कार्यकर्ता एमाओवादीमा प्रबेश गरेका छन् ।
एमालेले आफूहरुलाई गुण्डागर्दी गर्नमा मात्र प्रयोग गरेको भन्दै लगाउदै १९ जना कार्यकर्ताहरु एमाओवादीमा प्रबेश गरेका हुन् । नव प्रबेशी युवाहरुलाई जिम्मेवारी सहित चुनावी प्रचारमा खटाइने जिल्ला सदस्य राईले जानकारी दिनुभयो ।