कात्तिक १६ । खोटाङमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलदेखि जयरामघाटका लागि छुटेको को १ च ६०३६ नम्बरको जीप नु्नथला–९ स्थित सल्लाघारीमा दुर्घटना हुँदा छ जना घाईते भएका हुन् ।

शनिबार विहान सवा ८ बजे भएको दुर्घटनामा परी जीपका चालक बडहरे–६ का १९ वर्षीय प्रकाश अधिकारी, सहचालक मंगलटार–१ का १५ वर्षीय नवराज विश्वकर्मा, बाम्राङ–५ की २० वर्षीय पवित्रा राई, सोही स्थानकी ६५ वर्षीय लक्षीमाया राई, ओखलढुङ्ग–२ का प्रदिप सुनुवार र महोत्तरी बर्दिवास घर भई जिल्ला शिक्षा कार्यालय खोटाङका चालक ३६ वर्षीय खुरबहादुर कटवाल घाईते भएका हुन् । घाईतेमध्ये खुरबहादुर, लक्ष्ीामाया र पवित्राको अवस्था गम्भिर छ ।

उनीहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी लगिएको छ । गुडिरहेको जीपको टायर खुस्किएर गुडेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।

जीप सडकबाट करीव ४० मिटर तल झरेर रुखमा अल्झिएको छ ।