खोटाङ्ग, कात्तिक । खोटांग सेवा समाज कतारका सचिव भेषराज भटराई कतार नफर्किने गरि स्वदेश फिर्नु  हुने भएकोले  शुक्रबार दोहामा सम्मान तथा बिदाइ कार्यक्रम को आयोजना गरिएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष मणि प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्था संरक्षक राम गुरुङको प्रमुख आतिथ्य  संगै सल्लाहकारहरु गायक रबिन राइ र कवि तिर्थ संगम राइको आतिथ्य संगै शुभकामना मन्तब्य दिनु भएको थियो सचिव भटराईलाइ खादा तथा सम्मान पत्रका साथ आजीवन सदस्यता प्रदान गर्दै कार्यसमितिका सदस्यहरु द्वारा बिदाइ गरिएको थियो उक्त कार्यक्रम संगै खोटांग सेवा समाज कतारको कार्यसमिति रिक्त पद पूर्ति समेत गरिएको छ संस्थाका अध्यक्ष किशनचन्द्र राइ कतार नफर्कने गरि केहि महिना अघि स्वदेश फिर्नु भएकोले कार्यबाहक अध्यक्ष मणि प्रसाद आचार्यको अध्यक्षतामा रिक्त पदपूर्ति तथा हेरफेर गरिएको छ ।

कोषाध्यक्ष प्रकाश गुरुङ प्रथम उपाध्यक्ष, द्दितीय उपाध्यक्ष  मिलन बानियाले राजिनामा दिनु भएकोले उक्त रिक्त पदमा सदस्य तिल ब खत्री, सहकोषाध्यक्ष दोर्ची शेर्पा कोषाध्यक्ष, सदस्य एकराज राइ सहकोषाध्यक्ष, महासचिव नारायण बस्नेत यथावत र सचिव भेषराज भटराई को रिक्त स्थानमा सदस्य रुद्र प्रसाद आचार्यलाइ मनोनित गरिएको छ साथै सदस्य जीवराज घिमिरे सहित कतार  नफर्कने गरि नेपाल फिर्नु हुने भएकोले कैलाश श्रेष्ठ लाइ कार्यसमिति सदस्यमा र अध्यक्ष किसन चन्द्र  राइ लाइ नेपाल प्रमुख सल्लाहकार तथा संयोजकमा मनोनित गरिएको छ ।