कात्तिक–२५, निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधि सम्मिलित भेलाले स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति समन्वय समिति गठन भएको छ । भेलाले इन्सेक प्रतिनिधि डिएम चाम्लिङ राईको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । 
समितिमा नागरिक समाजका प्रतिनिधि, विभिन्न मानवअधिकार संघसंस्थाका प्रतिनिधि, निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधि र पत्रकार सदस्य रहनेगरी १३ सदस्यीय समिति गठन गरिएको संयोजक राईले जानकारी दिनुभयो । भेलाले पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउने, निर्वाचनमा हुने सम्भावित घटना, आचारसंहिताको पालना गर्ने तथा गर्न लगाउने विषयमा सम्वन्धित पक्षलाई दबाब दिने निर्णय समेत गरेको छ । 
राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा भएको भेलाले यस्तो निर्णय गरेको हो । जिल्लाका ठूला राजनीतिक दलहरुबाटै आचारसंहिता उलंघन हुन थालेपछि खबरदारी गर्ने उद्देश्यले समिति गठन गरिएको संयोजक राईको भनाइ छ ।