कात्तिक–२५, खोटाङमा आगलागी हुँदा करिब दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सोलारको ब्याट्रीबाट आईतबार मध्यान्न १२ बजेतिर सल्किएको आगोले जिल्लाको दक्षिणी गाविस दिप्लुङ्–५ का हर्कबहादुर राईको घर जल्दा नगद १५ हजारसहित दुई लाख बराबरको क्षति भएको हो । 
दिउसोको समयमा आगलागी भएकाले स्थानीयको सहयोगमा तत्कालै आगो नियन्त्रण लिन सफल भएपछि मानवीय क्षति भने नभएको स्थानीय जीवन राईले जानकारी दिनुभयो । उहाँका अनुसार हर्कबहादुरको घर तथा घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात भने जलेर पूर्णरुपमा नष्ट भएको छ ।