कात्तिक–२५, आगामी संविधानसभाको दोश्रो निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मतदान केन्द्रमा प्रयोग गरिने सामाग्री पोका पार्ने, मतदान अधिकृतलाई तालिम दिने, मतदाता परिचय–पत्र वितरण गर्ने, कर्मचारीहरुलाई सम्बन्धित क्षेत्रमा खटाउनेलगायतका काम अन्तिम तयारीमा पुगेको जनाएको हो । 
निर्वाचन आयोगको फर्जी मतदाता नियन्त्रण गर्ने उद्देश्य अनुसार मतदाता परिचयपत्र समेत हेलिकोप्टर मार्फत आईतबार ल्याई सकिएकाले सोमबारदेखि नै सम्बन्धित क्षेत्रमा पठाएर बितरण गरिने जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित क्षेत्रमा खटिने कर्मचारीहरुले मतदाता परिचयपत्र बितरण गर्ने छ ।