कात्तिक २९, समावेशी तथा समतामूलक समाज निर्माणका लागि आगामी संविधानसभाको निर्वाचनमा महिला तथा सिमान्तकृतमैत्री उम्मेदवारलाई जिताउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 
विदेह फाउण्डेशनको आर्थिक सहयोगमा खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको ‘लैंगीक संवेदनशिल चुनावी प्रकृया सम्वन्धी जिल्लास्तरीय परामर्श’ कार्यक्रममा सहभागी वक्ताहरुले महिला तथा सिमान्तकृतमैत्री उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले महिलामाथि हुने विभेद, शोषण र हिंसा अन्त्याका लागि निर्वाचनमार्फत महिला तथा सिमान्तकृत मैत्री उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी महिला नेतृ, अधिकारवादी, पत्रकारहरुले उत्पिडित समुदायको पहिचान, पहुँच, अधिकार र प्रतिनिधित्वको अवशर सुनिश्चितताका लागि योग्य उम्मेदवारलाई संबिधानसभामा पठाउनु पर्ने बताएका छन् ।
बालसेवा समाजको दिक्तेलस्थित सभाहलमा भएको कार्यक्रममा एकीकृत नेकपा माओबादीका नेतृ गीता शंकर, कांग्रेसका राम घिमिरे, एमाले नेतृ निर्मला आचार्य, अधिकारकर्मी चन्द्रकला भुजेल लगायतले निर्वाचनमा पार्टीलाई भन्दा योग्य उम्मेदवारलाई चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । यूएन ओमेनको अर्थिक सहयोगमा विदेह फाउण्डेशनलगायत प्रो–पव्लिक, फेडो, ओमेन र आइजिडीको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला नेतृ, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला सञ्जाल, सञ्चारकर्मी, दलित अधिकार सञ्जाल लगायतका प्रतिनिधिहरुकोे सहभागीता थियो ।