मंसिर १, खोटाङको उत्तरी गाविस डुम्रेधारापानीमा दुई वटा सुतली बम बिष्फोट भएक छन् । डुम्रेधारापानी–२ र ४ को बीचमा पर्ने कोटडाँडास्थित कालिका मन्दिर छेउमा दुई वटा बम बिष्फोट भएका हुन्।
प्रहरीचौकी डुम्रेधारापानी र देउराली उच्च माविबाट ५ मिनेटको दूरीमा बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताउनुभयो । शुक्रबार राती भएको बम बिष्फोटबाट मानवीय तथा भौतिक क्षती नभएको उहाँका भनाइ छ ।
निर्वाचन भाँड्नका लागि नेकपा–माओवादीका कार्यकर्ताले बम बिष्फोट गराएको अनुमान गरिएको साहले जानकारी दिनुभयो । उहाँका अनुसार यसको आधिकारिक पुष्टि भएको छैन ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि नेकपा माओवादीका कार्यकर्ता गणेश घिमिरेलाई नियन्त्रणमा लिएको छ । यता, माओवादीले भने, यसमा आफूहरुको संलग्नता नरहेको दावी गरेको छ ।