मंसिर ४, खोटाङमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९९ हजार ६ सय ६२ मतदातामध्ये ७० प्रतिशतले मतदान गरेको हो ।
जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई दर्जन नेता प्रत्यक्ष उम्मेदवार बनेका छन् भने, उत्तिकै संख्यामा समानुपातिक उम्मेदवार रहेका छन् ।
जिल्लाको एक सय ७६ मतदान केन्द्रमा भएको मतदानमा छिटपुट बाहेक कुनै अप्रिय घटना नघटेको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाल गौतमले जानकारी दिनुभयो । 
जिल्लाको बुइपाको छिप्ती मतदान केन्द्रमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच सामान्य हातपात भएको प्रहरीले जनाएको छ ।
सावाकटहरे गाविसमा अर्काको परिचय–पत्र बोकेर भोट हाल्न खोज्ने भीम खड्का र रतन्छा मोबुमा बिजय राई पक्राउ परेका छन् ।