मंसिर–९, खोटाङमा संघीय समाजवादीका नेता कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । संविधानसभाको दोश्रो निर्वाचनको मत गणनामा आफ्नो पार्टी प्रतिनिधि र समानुपातिक उम्मेदवारलाई मतगणनास्थलमा प्रवेश रोक लगाएको भन्दै विरोध प्रदर्शन गरेपछि शनिबार दिउँसो दोहोरो झडप भएको हो ।
झडपमा संघीय समाजवादी पार्टीका समानुपातिक उम्मेदवारद्धय नैनबहादुर कटवाल र  समिता राई, जिल्ला अध्यक्ष सूर्यबहादुर राई, जिल्ला सचिवालय सदस्य तथा अग्रगामी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष निर्मल राई, क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष सुवास राईलगायत दर्जनबढी कार्यकर्ता घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।  
प्रहरी दमन विरुद्ध चर्को आन्दोलन गर्ने संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो ।