मंसिर–११, खोटाङमा नेपाली कांग्रेस गाउँ कार्य समिति सुन्तलेले आफ्नो समर्थकमाथि एमालेका कार्यकर्ताबाट भएको दुव्र्यबहारको भत्र्सना गरेको छ । 
एमालेका स्थानीय कार्यकर्ता बमप्रसाद दाहाल नेतृत्वको समुहले सुन्तले–२ का कांग्रेस समर्थक गंगाप्रसाद बञ्जरालाई घरमै गएर दूव्र्यबहार गरेको भन्दै कांग्रेस गाउँ कार्य समितिले भत्र्सना गरेको हो । सोमबार बसेको गाउँ कार्य समितिको बैठकले घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरेको कांग्रेस जिल्ला सदस्य शालीकराम बञ्जराले जानकारी दिनुभयो ।
दाहालको नेतृत्वमा नाराबाजी गर्दै गएका १५÷२० जनाको समुहले बञ्जराको आँगनमा नाराबाजी गरेको र मनोमानी गालीगलौज गरेको कांग्रेसले जनाएको छ । 
यसबारेमा आधिकारिक जानकारी नआएको एमालेले जनाएको छ ।