मंसिर–१९, खोटाङमा सञ्चालित यातायातका सवारी साधानको नयाँ भाडादर निर्धारण गरिएको छ । आगामी मंसिर–२० गतेदेखि लागु हुनेगरि बस तथा जिपको नयाँ भाडादर निर्धारण गरिएको हो । 
खोटाङ बस व्यवसायी संघ र न्यु हलेसी यातायात समितिले निर्धारण गरेको नयाँ भाडादर अनुसार बसमा दिक्तेलदेखि हलेसीसम्म ३ सय ५०, दिक्तेल–जयरामघाट ५ सय, जिपका लागि दिक्तेलदेखि हलेसीसम्म ४ सय र दिक्तेल–जयरामघाटका लागि ६ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यस्तै, दिक्तेलबाट लामिडाँडासम्म बसका लागि ३ सय र जिपका लागि ४ सय रुपैयाँ कायम गरिएको छ । 
नयाँ भाडादर अनुसार जयरामघाटदेखि हलेसीसम्म बसमा १ सय ५० र जिपका लागि २ सय रुपैयाँ भाडा तोकिएको छ । केही समयपछि नै दिक्तेल–चखेवा भञ्ज्याङ, दिक्तेल–रेग्मीटार, दिक्तेल–रावाखोला, दिक्तेल–जालपाका लागि यात्रुवाहक सवारी साधन सञ्चालनको तयारी गरिएको यातयात व्यवसायी संघले जनाएको छ ।
यसैवीच, यातायातका सवारी साधन प्रयोग गर्दा अनिवार्य टिकट लिन यात्रुहरुलाई आग्रह समेत गरेको छ । यात्रा गर्दा हुन सक्ने अनियमितता रोक्न तथा शान्तिसुरक्षाका लागि पनि अनिवार्य टिकट लिनुपर्ने संघको भनाइ छ ।