खोटाङ जेठ–२९, पठनपाठनका लागि बिद्यालयमा उपस्थित छात्राहरुलाई मास हिस्टोरियालेसताएपछि खोटाङको दुई बिद्यालय बन्द गरिएको छ । छात्राहरुमा काम्ने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि रावावेँसी गाउँपालिका–६ स्थित सारदा मावि  र बराहपोखरी–२ स्थित ज्यु माबि बन्द गरिएको हो । 
सुरुमा चार–पाँच जनाबाट सुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ १५–२० जना बिरामी पर्न थालेपछि ज्यू माबि सोमबारदेखि र सारदा माबि मंगलबारदेखि शुक्रबारसम्मका लागि बन्द गरिएको शिक्षा समन्वय इकाई प्रमुख ठाकुर दहालले बताउनुभयो । 
विगतमा २०६२÷६३ सालमा १५ जना त्यसपछि पुनः २०७२ सालमा १२ जनामा मास हिस्टोरिया देखिएको थियो ।