पुस–४, अशक्त विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले खोटाङका एक विद्यालयले मुठ्ठीदान संकलन गरेको छ । विद्यालयमा अध्ययनरत अशक्त र अपांग विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यले नेर्पा–८ स्थित जनता निमाविले मुठ्ठीदान स्वरुप अन्न संकलन गरेको हो । 
बिद्यालयमा क्रियाशिल जुनियर रेडक्रस सर्कल र विद्यालयले शुक्रबारका दिन अभिभावकको घर–घरमा पुगेर मुठ्ठी दान संकलन गरेको विद्यालयका प्रधानाध्यापक झमप्रसाद आचार्यले जानकारी दिनुभयो । अहिलेसम्म १० मुरी धान, २ पाथी मकै, एक पाथी चामल, ८ माना भटमास र एक माना मास, संकलन गरिएको विद्यालयले जनाएको छ । 
सर्कलको सहयोगमा विद्यालयले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरी विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकबाट अन्न संकलन गरेको हो । संकलन गरिएको अन्न आवश्यकता अनुसार अशक्त विद्यार्थीलाई प्रदान गरिने प्रधानाध्यपक आचार्यले बताउनुभयो ।