पुस ७, खोटाङ सदरमुकाम दिक्तेलमा दादागिरी गर्दै हिड्ने तीन युवा पक्राउ परेका छन् । 
दिक्तेलस्थित रत्नपार्कमा दादागिरी गर्ने नेर्पा–९ का १८ वर्षीय सुरेश दाहाल, नेर्पा–८ का १८ वर्षीय सनम खत्री र दिक्तेल–८ का २६ वर्षीय सुवर्ण राई पक्राउ परेका हुन् । उनीहरूलाई शुक्रबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
उनीहरुलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक रमेश देवले बताउनुभयो ।