पुस–९, खोटाङको पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन हुनेभएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा दिक्तेल क्याम्पसमा पहिलोपल्ट मानविकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सञ्चालन हुनेभएको हो । 
२०३७ सालमा स्थापना भएको क्याम्पसमा आगामी माघ–५ गतेदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिने क्याम्पसका प्राध्यापक डा.सुकराज राईले जानकारी दिनुभयो । दिउँसो १ बजेपछि सञ्चालन हुने स्नातकोत्तर तहको कक्षाकालागि भर्ना लिन थालिएको प्राध्यापक डा. राईले बताउनु भयो । नेपाली बिषय लिएर बि.ए. तथा बि.एड. उत्तीर्ण गरेका विद्यार्थीले मानविकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर कक्षा अध्ययन गर्न पाउने भएका छन् ।